इनड्राइभले 'राइड एण्ड विन' प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन नेपालमा सफलतापूर्वक सम्पन्न गरेको छ।
ड्राइभर–पार्टनरहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले सुरू गरिएको यो क्याम्पेन १० मार्च २०२५ मा सुरू भएको थियो जसमा नेपालभरीका इनड्राइभ ड्राइभरहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
प्लाटिनम ड्राइभर गिभअवे अन्तर्गत ड्राइभरहरूले १० मार्चदेखि १६ मार्चसम्म ३५ राइड पूरा गरेपछि प्लाटिनम स्तरमा पुग्नुपर्ने थियो। त्यसपछि १७ मार्चदेखि २३ मार्चसम्म उनीहरूले गरेका राइडहरूको आधारमा विजेता छनोट गरिएको थियो।
यस अवधिमा धेरै राइड गर्ने ड्राइभरहरू जित्ने अवसरमा अगाडि थिए।
यो घोषणा मार्च २६ मा बेलुका ७ बजे इन्स्टाग्राममा प्रत्यक्ष प्रसारणमार्फत गरिएको थियो। जस अन्तर्गत राजु योञ्जनले १५० सिसीको बजाज पल्सर जितेका छन्।
यस्तै, विवेक खत्री, सुरेन्द्र डंगौरा र विशाल तामाङले सामसङ ग्यालेक्सी ए५५ फाइभजी
सुमन बास्केट, सुमन तामाङ, जगत नगरकोटी र सन्तोष नगरकोटीले एमआई ३२ इन्च एचडी स्मार्ट एलइडी टिभी
दिपक मिश्र, महेश ओली, मनोज चेपाङ, प्रदीप कुमार मानन्धर, नारायण थापा मगर, दिनेश कुमार, रामचन्द्र पौडेल, मनोज थारु, रमेश मगर र प्रसाद न्यौपानेले अल्टिमा नोभा प्रो स्मार्टवाच
नीरज कुश्वार, किरण राई, एमडी जोहेर रेईन, श्याम बहादुर बस्नेत, प्रतीक बिष्ट, उज्ज्वल तामाङ, तिर्थकुमार राई, राम पाख्रिन कुमार, सुरज गुरुङ र राजकुमार आलेले अल्टिमा बुस्ट २०के प्रो २०००० एमएएच पावर बैंक
दिनेश साउद, दिपक कुमार चौधरी, देवप्रसाद शेरचन, राजकुमार थापा, दिनेश बलायर, दिलकुमार कुस्ले, बैकुण्ठ पराजुली, सुमन मुक्तान, कृष्ण बहादुर भुजेल र नवीन शाहले अल्टिमा एटम १९२ ब्लुटुथ इयरबड्स पाएका छन्।
यो गिभअवे क्याम्पेनले ड्राइभरहरूको सहभागिता प्रोत्साहन गर्ने, ब्रान्डप्रति विश्वास बढाउने र इनड्राइभको ड्राइभर समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य राखेको कम्पनीको भनाइ छ।