सिट्रोन गाडीहरूको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले ह्याचब्याकको दाममा एसयुभी अभियान अन्तर्गत सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट एसयुभीको मूल्य घटाएको छ।
पहिले ३६ लाख ५० लाखमा उपलब्ध रहेको सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट एसयुभी अब मात्र २९ लाख ९९ हजारमा उपलब्ध हुनेछ, जसले ह्याचब्याकको मूल्यमा एसयुभीको अनुभव प्रदान गर्छ।
'ह्याचब्याक को दाममा एसयुभी' अफर अन्तर्गत ग्राहकहरूले गाडीको नि:शुल्क बीमा पनि प्राप्त गर्नेछन्।
भारतमा निर्मित सिट्रोन सी३ पेट्रोल मा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रिक्ली एड्जस्टेबल आउटसाइड रेयर भ्यु मिरर र शक्तिशाली १२०० सिसी इन्जिन जस्ता प्रिमियम फिचरहरू रहेका छन्, जसले यसलाई कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा मूल्यवान विकल्प बनाएको छ।
साथै, यसका स्पेयर पार्टहरू सहजै र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले ग्राहकहरूको अनुभव झन्झटरहित हुनेछ।
सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने, 'सांग्रिला मोटर्समा हामी विश्वव्यापी रूपमा प्रशंसित गाडीहरू हाम्रा ग्राहकहरूलाई सहज रूपमा उपलब्ध गराउन प्रतिबद्ध छौं। सिट्रोन सी३ को यो नयाँ मूल्यको साथ, हामी सुविधाहरू, आराम र पर्फर्मेन्समा सम्झौता नगरी आकर्षक मूल्य प्रदान गर्ने लक्ष्य राख्छौं।'
गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको सांग्रिला मोटर्स प्रा. लि. सन् २०१७ देखि प्युजो र २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटर गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ।
सांग्रिला मोटर्सले नेपाली बजारमा नवीन र दिगो मोबिलिटी समाधानहरू उपलब्ध गराउने आफ्नो दृष्टिकोणलाई निरन्तर अघि बढाइरहेको छ।