इनड्राइभले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ।
जुन २३ देखि जुलाई १३ सम्म चलेको यो अभियानमा ड्राइभर पार्टनर्सबाट उत्साहजनक प्रतिक्रिया र सहभागीता रहेको थियो।
क्याम्पेन साप्ताहिक च्यालेन्ज, रोमाञ्चक पुरस्कारहरू र दुई मेगा ग्रान्ड पुरस्कारहरू मार्फत इनड्राइभका सबैभन्दा प्रतिबद्ध ड्राइभर पार्टनर्सलाई पहिचान गर्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो।
विजेताहरू क्याब ड्राइभर श्रेणीका शुभ राज सुनुवार र बाइक (मोटो) राइडर श्रेणीका जित थापा छन्।
दुबै विजेताहरूलाई तीनवटै च्यालेन्ज विक्समा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने र भव्य पुरस्कारहरूको लागि योग्य हुन सबै योग्यता मापदण्डहरू पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको थियो।
यो घोषणा जुलाई २० मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानल मार्फत लक्की ड्र मार्फत प्रत्यक्ष प्रसारणमा गरिएको थियो।
क्याम्पेनले थप ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कारहरू पनि वितरण गरेको छ। जसमा स्मार्टफोनका १५ विजेता, इयरबडका ३० विजेताहरू र स्मार्टवाचका ३० विजेताहरू छन्।
इनड्राइभका साउथ एसियाका ड्राइभर अपरेसन्सका रिजनल टिम लिडर डिमित्री ओख्लोप्कोभले भने, 'हाम्रा ड्राइभर पार्टनर्सहरू नेपालमा इनड्राइभको सफलताको आधार हुन्। यो अभियान उनीहरूको प्रतिबद्धता, व्यावसायिकता र उनीहरूले हरेक दिन खेल्ने महत्त्वपूर्ण भूमिकालाई मान्यता दिने हाम्रो कदम हो। इनड्राइभमा, हामी छनोटको स्वतन्त्रताको पक्षमा छौं र हाम्रो निष्पक्ष र पारदर्शी मूल्य निर्धारण मोडेलले चालक र सवार दुवैलाई फाइदा पुर्याउने कुरा सुनिश्चित गर्दछ। हामी हाम्रो चालक समुदायलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं। सबै विजेताहरूलाई बधाई छ र हाम्रो मिशनलाई अगाडि बढाउनु भएकोमा धन्यवाद।'