नेपाली बजारमा विद्युतीय सवारीसाधन (इभी) का नयाँ मोडलहरू भित्रिने क्रम जारी छ।
नयाँ नयाँ मोडलहरू भित्रिरहँदा ग्राहकहरूका लागि पनि विकल्पहरू थपिँदै गएका छन् भने ब्राण्डहरूबीचको प्रतिस्पर्धा समेत तीव्र बन्दै गएको छ।
यसैबीच हालै चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलो मध्येको एक जिली अटो होल्डिङ ग्रुपले उत्पादन गरेको २०२५ जिली इएक्स ५ सिरिज नेपाल भित्रिएको छ।
एलआरआर मोटर्सले विशेषगरी नाडा अटो सो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली इएक्स ५ प्रो र जिली इएक्स ५ म्याक्स भित्र्याएसँगै उत्पादनको छोटो समयभित्रै विश्वब्यापीरूपमा चर्चा बटुल्न सफल गाडीहरूमाथि नेपाली उपभोक्ताको पहुँच सुनिश्चित भएको हो।
नेपाली इभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडलको भन्दा यी मोडलहरूको अति नै बढी प्रतिस्पर्धात्मक लाभ रहेको देखिन्छ। यी मोडलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मुनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन्।
यी दुवै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ।
गाडी निर्माता जिली होल्डिङ ग्रुप आफैँले उत्पादन गरेको यो ब्याट्रीले एट (आठ वटा) निडल परीक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित यस ब्याट्रीको आयु ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै अधिक हो।
साथै आधिकारीक आयातकर्ता एलआरआर मोटर्सले जिलीका गाडीहरूको ब्याट्रीमा आठ वर्ष वा २ लाख किमिसम्म वारेन्टी समेत दिएको जनाएको छ।
यी दुवै मोडलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी/घण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ।
यसमा सिएलटिसी परीक्षण अनुसार ५३० किमी र डब्लुएलटिपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ, जुन नेपालको भौगोलिक बनावटका लागि पर्याप्त मानिएको छ।
आकर्षक डिजाइन र इन्टेरियर
जिली इएक्स ५ श्रृंखलाको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन्।
आन्तरिक भागमा १५.४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ।
इएक्स ५ मा थप रूपमा हेडअप डिस्प्ले, हिटिङ, भेन्टिलेटेड र मसाजिङ्ग क्षमतायुक्त आरामदायी सिटको साथै फ्लाइ मी को साउण्ड सिस्टम समेत उपलब्ध छन्, जसले उपभोक्तालाई लक्जरी अनुभव दिन्छ।
अत्याधुनिक प्रविधि र आकर्षक मूल्य
यी मोडलहरूमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन्।
साथै, जिलीले आफ्नै विकसित फ्लाइ मी अटो ओएस–स्मार्ट ककपिट अपरेटिङ सिस्टम) प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ।
इएक्स ५ प्रो र इएक्स ५ म्याक्स दुबैमा इन्टिग्रेटेड स्मार्ट युआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ।
नेपाली बजारका लागि इएक्स ५ प्रोको मूल्य ५८ लाख रूपैयाँ तोकिएको छ भने इएक्स ५ म्याक्सको ६८ लाख रूपैयाँ तोकिएको छ।
नेपाली उपाभोक्ताको अवस्था र रुचिलाई मध्यनजर गर्दै कम्पनीले नाडा अटो शोको क्रममा मूल्यमा केही विशेष लाभ प्रदान गर्ने जनाएको छ।
आकर्षक मूल्य, लामो रेन्ज, अत्याधुनिक प्रविधि र लक्जरी इन्टेरियरका कारण यी मोडलहरू नेपाली उपभोक्तामाझ लोकप्रिय हुने कम्पनीको विश्वास छ।
नेपाली बजारमा सो मूल्य रेन्जमा भित्रिएका गाडीहरूमा जिलीका यी दुई मोडलले उपभोक्ताको ध्यान खिच्नेछ।
प्रतिस्पर्धी ब्राण्डहरूले कायम गरेको मूल्यको तुलनामा जिली धेरै सस्तो हुने कम्पनीको दाबी छ।