नेपालमा लिपमोटर बी१० को सार्वजनिक गरिएको छ।
भृकुटीमण्डप, काठमाडौंमा भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा नेपालमा लिपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले सार्वजनिक गरेको हो।
लिपमोटर बी१० को सुरुवाती मूल्य ५८ लाख ९९ हजार राखिएको छ। यसमा १६० किलोवाटको मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री रहेको छ।
यसले एक पटकको चार्जमा ४६० किलोमिटरसम्मको दुरी पार गर्छ। गाडीमा लेन–किपिङ असिस्ट, ३६०–डिग्री क्यामेरा र अन्य प्रणालीहरू छन्। यसले युरोपियन सुरक्षा परीक्षणमा ५ स्टार रेटिङ पाएको उल्लेख छ।
सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले यो गाडी नेपाली उपभोक्ताको लागि ल्याइएको बताए। यो केबल एक विद्युतीय गाडी मात्र नभई नेपाली सडकका लागि समाधान पनि भएको बताए।
बी १० आधुनिक सहरी मोबिलिटीका लागि डिजाइन गरिएको दाबी कम्पनीको छ।
यो गाडीमा १६० किलोवाट क्षमताको मोटर र ६७.१ रेन्ज किलोवाट क्षमताको ब्याट्री रहेको छ।
एक पटकको चार्जमा ४६० किलोमिटरसम्म यात्रा गर्न सक्ने उल्लेख छ। यसमा एडाप्टिभ त्रफ्जू कन्ट्रोल, लेन–किपिङ असिस्ट, ३६०–डिग्री क्यामेरा तथा उन्नत इन्फोटेन्मेन्ट सिस्टमहरू जस्ता विशेषताहरू छन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ साउन २१ गतेदेखि साउन २५ गतेसम्म चल्नेछ।