एसपिजी अटोमोबाइल्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा प्रिमियम एसयुभी 'जेइको जे-५' सार्वजनिक गरेको छ।
कम्पनीले यसअघि नै ल्याइसकेको ओमोडा इ५ र जेइको जे६ सँगै अब यो नयाँ गाडी बजारमा ल्याएको हो।
जेइको जे-५ लाई सहरी र अफ-रोड दुवै यात्राका लागि डिजाइन गरिएको छ।
यसमा रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ मि.मि. ग्राउन्ड क्लिअरेन्स, १८-इन्चको टायर र ४८० लिटरको बुट स्पेसजस्ता विशेषताहरू रहेको उल्लेख गरिएको छ। यसको ड्राइभिङ रेन्ज ४६१ किलोमिटर रहेको छ।
जे-५ को मूल्य ६०.९९ लाख भए पनि नाइमा एक्स्पोको अवसरमा कम्पनीले ५६ लाख ९९ लाखमा बुकिङ गर्न सकिने बताएको छ।
कम्पनीले ओमोडा र जेइको ब्रान्डका अन्य मोडलहरूमा पनि विशेष छुटको घोषणा गरेको छ।
ओमोडा इ५ को सुरुवाती मूल्य ६१ लाख ९९ लाख रहेकोमा एक्स्पो विशेष मूल्य ५४ लाख ९९ लाख रूपैयाँ तोकिएको छ।
जेइको जे६ को सुरुवाती मूल्य ७१ लाख ९९ लाख रहेकोमा एक्स्पो विशेष मूल्य ६५लाख ९९ लाख रूपैयाँ राखिएको छ।