नेपालका लागि निसान सवारी साधनहरूको आधिकारिक वितरक पाइनियर मोटाे कर्पले आउँदो नाइमा मोबिलिटी एक्स्पो २०२५ को अवसर पारेर निसान फेस्टिभ डिल नामक विशेष छुट योजना सार्वजनिक गर्ने तयारी गरेको छ।
यस योजनाअन्तर्गत कम्पनीले अल न्यु निसान म्याग्नेटमा विभिन्न आकर्षक सुविधाहरू सहितको अफर ल्याएको छ।
कम्पनीका प्रबन्ध निर्देशक सन्दीप कुमार शारदाले भने, 'हामीले यस योजना नाइमा एक्स्पो २०२५ (साउन २१ देखि २५ गतेसम्म) को अवसर पारेर र आगामी चाडपर्वलाई ध्यानमा राखी ल्याएका हौं। यो अफर एक्स्पो पश्चात् चाडपर्वको सम्पूर्ण अवधिभर जारी रहनेछ।'
निसान फेस्टिभ डिल योजनाअन्तर्गत, निसान म्याग्नेट बुक गर्ने ग्राहकहरूले यस्ता लाभहरू प्राप्त गर्नेछन्।
• आकर्षक नगद छुट
• नाइमा एक्स्पो विशेष छुट
• तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ
• तीन वर्षको वारेन्टी
• एक वर्षको निःशुल्क बीमा
• निःशुल्क रोड कर
• र डाउनपेमेन्ट ६ लाख ८० हजारमा खरिद गर्न सकिने सुविधा उपलब्ध हुनेछ।
ग्राहकहरूले सजिलो फाइनान्सिङका साथ निसान म्याग्नेट खरिद गर्न सक्नेछन् र अफरमा उल्लेख गरिएका सबै सुविधाहरू केहि सर्तहरूसहित लागु हुनेछन्।
यस्तैगरी, निसान लिफमामा ग्राहकहरूले अधिकतम २० लाख १५ हजारसम्मको फाइदा प्राप्त गर्न सक्छन् र निसान अर्भानमा शून्य प्रतिशत डाउनपेमेन्टको सुविधा उपलब्ध छ।