प्रभु बैंकले कपिलवस्तु नगरपालिकास्थित तौलिहवामा आफ्नो २०२औं शाखा संचालनमा ल्याएको छ।
उक्त शाखा कार्यालयको उद्धघाटन आइतबार कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरे।
यससँगै प्रभु बैंकको एक्सटेन्सन काउन्टर संख्या ३८, शाखारहित सेवा केन्द्र १७ र एटिएम आउटलेट संख्या १५२ पुगेको छ।