सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ।
उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७ प्रतिशत का दरले हुन आउने ५२ करोड ५८ लाख २२ हजार ७ सय एक रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ।
साथै सभाले आवले २०७६/०७७ को लेखापरीक्षण गर्नको लागि एनबिएसएम एन्ड एसोसियसनलाई लेखापरीक्षकमा नियुक्त गर्नेलगायतका निर्णय गरेको छ।
सिभिल बैंकको शाखा संख्या १०२ र एटियम संख्या ७६ पुगेको छ।