सोमबार नेपाल बङ्गलादेश बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७५/७६ सम्मको संचित मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) दिने प्रस्ताव स्वीकृत गरेको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको सभाले बैंकको उद्देश्यसंग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ।
समिक्षा अवधिमा बैंकको कुल निक्षेप २४.५५ प्रतिशतले वृद्धि भई ५९.७६ अर्ब पुगेको छ। कुल कर्जा २९.१६ प्रतिशतले वृद्धि भई ५५.७२ रुपैयाँ अर्ब पुगेको छ। बैंकको वासलातको आकार २४.२४ प्रतिशतले वृद्धि भएर ७६.२५ अर्ब पुगेको छ।