सिद्धार्थ बैंकले सोमबार लुम्बिनीमा नयाँ शाखासहित ५ शाखाको उद्धघाटन गरेको छ।
बैंकले सोही दिन सुनसरीस्थित दुहबी शाखा र गढी शाखा, सिरहास्थित गोलबजार शाखा र लहान शाखाको औपचारिक उद्धघाटन गरेको हो।
दुहबी शाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर वेद नारायण गच्छदार, गढी शाखाको उद्धघाटन गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको उद्धघाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाहले गर। साथै लहान शाखाको उद्धघाटन लहान नगरपालिकाका मेयर मुनि शाह सुडीबाट भएको थियो।
बैंकले दुहबी शाखा गत २०७५ फागुन २७ गते, गढी शाखा गत २०७४ माघ ७ गते, गोलबजार शाखा गत २०७६ कार्तिक १५ गते र लहान शाखा गत २०७५ वैशाख २३ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो।
उक्त लुम्बिनी शाखा विस्तारपछि सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७६ (४ एक्स्टेन्सन काउन्टर सहित) पुगेको छ।
बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिमार्फत सेवा दिदैं आएको छ।