ग्लोबल आइएमई बैंकले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकामा दुई सय थान ‘ब्ल्याङकेट’ वितरण गरेको छ।
सनिबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. ५ का सचिब रामप्रसाद खरेल, मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिब टेकनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष चन्द्रकला रेग्मी तथा बैंकका सोही प्रदेशका सहायक प्रमुख कविन्द्र रेग्मीले संयुक्त रुपमा ‘ब्ल्याङकेट’ वितरण गरे।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निजामती कर्मचारी श्रीमती संघसँगको सहकार्यमा उक्त विपन्न समुदायलाई जाडोमा ‘ब्ल्याङकेट’ वितरण गरेको हो।