साताभरिमा शेयर सूचक (नेप्से) १७.७७ अंकले बढेको छ। तर, साताको अन्तिम दिन भने सूचक सामान्य अंकले घटेको छ। बिहीबार सूचक ०.६२ अंकले घटेर ११६७.४१ अंकमा पुगेर बन्द भएको छ।
१७२ कम्पनीको कारोबार भएको बिहीबार १६ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ५८ करोड ८६ लाख ७७ हजारको कारोबार भयो।
उपसूचकहरुमा सबैभन्दा बढी जीवन बीमाको शेयर १६.५५, ट्रेडिङ ३५.७२, विकास बैंक २.२९ तथा बैंकिङ ०.६९ अंकले बढ्दा बाँकी सबै सूचकहरु भने घटेका छन्। सबैभन्दा बढी निर्जीवन बीमाको शेयर २४.६७, उत्पादन समूहको शेयर सूचक २४.२६ तथा होटल समूहको शेयर ९.८८ अंकले घटेको छ।
कारोबार अंकका आधारमा आज सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको शेयर कारोबार भयो। नेपाल बैंकको १३ करोड २२ लाख ११ हजार रुपैयाँ बराबरको किनबेच हुँदा एनआइसी एसियाको डिबेन्चर ६ करोड १ लाख ४७ हजारको कारोबार भयो। यस्तै आज धेरै कारोबार हुनेमा कृषि विकास बैंक, नेपाल लाइफ इन्सुरेन्स तथा प्रभु बैंक छन्।
सबैभन्दा बढी कमाउनेमा भने नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्। आज पाँचथर पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाए।