सिटिजन्स बैंकले उदयपुरको गाईघाटस्थित १८ नम्बर बाहिनी अड्डा, भुल्केमा एटिएम सेवा संचालन गरेको छ।
१८ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी कृष्ण प्रसाद सापकोटाले उक्त एटिएम सेवाको उद्घाटन गरे। बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनताले एटिएमबाट लाभ लिने छन्।
‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंकले देशैभरी फैलिएका ८५ वटा शाखा, ८५ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ।
करिव पाँच लाख ग्राहक रहेको बैंकले जनाएको छ।
शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरु संचालनमा आइसकेको बैंकले जनाएको छ।