सिद्धार्थ बैंकमा ग्राहकहरुले सस्तो टिकेटमार्फत अनलाइन टिकेट खरिद गर्नसक्ने भएका छन्।
सोही प्ल्याटफर्मबाट सजिलैसँग विदेशी मुद्राको माग गर्नसक्ने भएको हो।
ग्राहकले माग गरेको विदेशी मुद्रा, नगद अथवा कार्ड, बैंकका तोकएका शाखाहरुमध्ये आफुलाई सहज हुने शाखाबाट संकलन गर्नसक्ने छन्।
यो बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, १९७ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिदैं आएको छ।