सिद्धार्थ इन्स्योरेन्सको पोखरामा प्रादेशिक कार्यालयको उद्धघाटन गरिएको छ।
बीमा समितीका अध्यक्ष चिरञ्जीवी चापागाँईले उक्त कार्यालयको उद्धघाटन गरेका हुन्।
सो समारोहमा अध्यक्ष चापागाँईले व्यवसाय वृद्धिसंगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिए।
कार्यक्रमका सभापति एवं कम्पनीका सञ्चालक पवन कुमार अग्रवालले अहिलेसम्म गण्डकी प्रदेशका ११ वटा जिल्लामध्ये ८ वटा जिल्लामा ११ वटा शाखा सञ्जालमार्फत स्तरीय बीमा सेवा प्रदान गर्दै आएको बताए।
भविष्यमा बाँकी जिल्लामा समेत शाखाहरुको विस्तार गरी अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले उत्कृष्ट बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको दाबी गरे।
सो समारोहमा स्थानीय बैंक तथा वित्तीय संस्थाहरु प्रमुख एवं व्यवसायीहरुको उपस्थिति रहेको थियो।