कोरोना संक्रमणका कारण विश्वभरनै अर्थतन्त्रमा ठूलो असर परेको छ। यो असर कति समय रहन्छ, यकिन छैन। नेपाली अर्थतन्त्रमा पनि कोरोनाको दुष्प्रभाव देखिन थालेको छ।
यसले बैंकिङ क्षेत्रमा पनि असर पार्नेछ। बैंकहरूमा आफ्नो पैसा राखेका झन्डै करोड ग्राहकको पैसा के हुन्छ? उनीहरूले पाउने ब्याजमा के असर पर्छ? बैंकका लाखौं ऋणीलाई कसरी असर गर्छ?
सेतोपाटीका अमित ढकालले नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानीमा बैंकका सिइओ भुवन दाहाललाई यी लगायत प्रश्न सोधेका थिए। दाहालसँग ढकालले लिएको अन्तर्वार्ताको सम्पादित अंश:
यो अन्तर्वार्ताका मुख्य बुँदाः
तपाईंले बैंकमा पैसा राख्नु भएको छ भने अहिलेको बिषम परिस्थितिमा तपाईंलाई कसरी असर पर्छ?
तपाईंले पाउने ब्याजदर घट्नेवाला छ? कति घट्छ?
विभिन्न बैंकबाट ऋण लिएकाहरूले तिर्ने ब्याज दुई प्रतिशत घटाउन नेपाल राष्ट्र बैंक निर्देशन दिएको छ। के तपाईंले लिनुभएको ऋणको ब्याज आफैं दुई प्रतिशत घट्छ वा बैंकसँग तपाईंले कुरा गर्नुपर्छ?
तपाईंले गाडी वा घर किन्न बैंकबाट ऋण लिनुभएको छ। तपाईंको जागिर गयो वा व्यवसाय बिग्रिएकाले बैंकको किस्ता आगामी केही महिना तिर्न सक्नुभएन भने के हुन्छ? बैंकले तपाईंको मर्का बुझेर सहयोग गर्छ कि गर्दैन?
पर्यटन क्षेत्रमा कोरोनाले लामो समय असर पार्नेवाला छ। अब आउने एक-दुई वर्ष पर्यटक घुम्न जहाज चढेर विदेश जाने सम्भावना कम छ। त्यसले ठूला होटल, मुख्यगरी तारे होटललाई अप्ठ्यारो पर्ने सम्भावना छ। पर्यटन क्षेत्रमा सबै बैंकको जोड्दा १ खर्ब २३ अर्ब बराबर लगानी छ। पर्यटन क्षेत्र डुब्यो भने त्यसले बैंकिङ क्षेत्र पनि धरासयी बनाउँछ? कसरी?
यदि कुनै व्यवसायले कोरोनाका कारण समयमा ऋण तिर्न सकेन। आउने एक-दुई वर्षसम्मै ऋण र ब्याज तिर्न सकेन भने बैंकले कसरी सहयोग गर्न सक्नेछ?
अहिलेको अप्ठ्यारो परिस्थितिमा कसैले नयाँ व्यवसाय सुरू गर्न खोजेको छ भने उसले बैंकबाट ऋण पाउने सम्भावना कति छ?