एनआइसी एशिया बैंकको एपमार्फत हवाई टिकट बुकिङ गर्दा २० प्रतिशतसम्म क्यास ब्याक हुने भएको छ।
बैंकले असार १२ गतेदेखि १८ गतेसम्म लागू हुने गरी यो योजना ल्याएको हो।
एनआइसी एशिया मोबाइल बैंकिङ मार्फत् टिकट बुकिङमा पहिलो पटक अधिकतम पाँच सय रुपैयाँ क्यास ब्याक हुने बैंकले बताएको छ। दोस्रो पटक एक सय रुपैयाँसम्म क्यास ब्याक हुने उल्लेख गरिएको छ।
डिजिटल प्रणालीको प्रयोग बढाउने उदेश्यले यस्तो योजना ल्याइएको बैंकले बताएको छ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९, २०:२२:२७