नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ६९ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६४ रुपैयाँ ६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८१ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ६९ पैसा र बिक्रीमा २८ रुपैयाँ ८३ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ३८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ३३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २४ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८३ पैसा तोकिएको छ।