अब निक्षेपकर्ताहरूले पाउने ब्याज रकममा ६ प्रतिशतले कर काटिने भएको छ।
सरकारले जेठ १५ गते बजेटसँगै ल्याएको आर्थिक विधेयकले यस्तो व्यवस्था गरेको हो।
सरकारले जेठ १५ गते बजेटसँगै ल्याएको आर्थिक विधेयकले यस्तो व्यवस्था गरेको हो। यसअघिसम्म निक्षेपमा पाउने ब्याजमा ५ प्रतिशत कर काटिदै आएको थियो। तर, जीवन बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थामा राख्ने निक्षेपको ब्याजमा लाग्ने कर भने यथावत् राखिएको छ। यस्तो ब्याजमा ५ प्रतिशत कर काटिने व्यवस्था कायमै छ।
त्यस्तै, २०८२ साल चैत महिनासम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्ने दुई सय मेगावाटभन्दा माथिका जलाशय तथा अर्धजलाशय जलविद्युत कम्पनीहरूले विदेशी बैंक वा विदेशी वित्तीय संस्थाबट लिने ऋणको ब्याज भुक्तानी गर्दा पनि पाँच प्रतिशत कर लाग्ने भएको छ।
यसअघि विदेशी बैंक वा विदेशी वित्तीय संस्थाबट लिने ऋणको ब्याज भुक्तानीमा १० प्रतिशत ब्याज लाग्ने गर्थ्यो।