नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा कायम भएको छ। आइतबार पनि यही मूल्य कायम भएको थियो।
आजका लागि युरोपियन युरो एकको खरिददर १४८ रुपैया ३५ पैसा र बिक्रीदर १४९ रुपैयाँ एक पैसा कायम गरिएको छ। आइतबार भने युरोपियन युरो एकको खरिददर १४८ रुपैँया ४९ पैसा र बिक्रीदर १४९ रुपैँया १६ पैसा कायम गरिएको थियो।
युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैँया ७६ पैसा र बिक्रीदर १७६ रुपैँया ५५ पैसा कायम भएको छ। आइतबार पाउण्ड स्टर्लिङको मूल्य एकको खरिददर १७५ रुपैँया ७० पैसा र बिक्रीदर १७६ रुपैँया ४८ पैसा कायम गरिएको थियो।
आज स्वीस फ्रयाङ्क एकको खरिददर १५७ रुपैँया ७३ पैसा र बिक्रीदर १५८ रुपैँया ४४ पैसा कायम गरिएको छ। आइतबार स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैँया ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैँया ८२ पैसा कायम गरिएको थियो।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९० रुपैयाँ १८ पैसा कायम भएको छ। आइतबार अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैँया ६५ पैसा र बिक्रीदर ९० रुपैँया पाँच पैसा कायम भएको थियो। क्यानेडियन डलर एकको खरिददर ९८ रुपैँया ५८ पैसा र बिक्रीदर ९९ रुपैँया दुई पैसा कायम भएको छ। आइतबार क्यानेडियन डलर एकको खरिददर ९८ रुपैँया ५५ पैसा र बिक्रीदर ९८ रुपैँया ९९ पैसा थियो।
सिङ्गापुर डलर एकको खरिददर आज १०३ रुपैँया २० पैसा र बिक्रीदर १०३ रुपैँया ६६ पैसा निर्धारण गरिएको छ।
आइतबार सिंगापुर डलर एकको खरिददर १०३ रुपैँया सात पैसा र बिक्रीदर १०३ रुपैँया ५४ पैसा कायम भएको थियो।
जापानी येन १० को खरिददर ९ रूपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैँया ५५ पैसा कायम भएको छ। आइतबार जापानी येन १० को खरिददर ९ रुपैँया ५१ पैसा र बिक्रीदर ९ रुपैँया ५६ पैसा कायम गरिएको थियो ।
चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ८८ पैसा र बिक्रीदर १८ रुपैँया ९६ पैसा कायम भएको छ। सोही मूल्य आइतबार पनि कायम थियो । साउदी अरेबियन रियाल पनि आइतबारको मूल्यमा घटबढ भएन। आइतबारझैँ साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ६९ पैसा र बिक्रीदर ३५ रुपैँया ८५ पैसा कायम भएको छ।
कतारी रियाल एकको खरिददर ३६ रुपैँया ७४ पैसा र बिक्रीदर ३६ रुपैँया ९० पैसा कायम भएको छ। यो मूल्य पनि आइतबारकै सरह हो।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर ४ रुपैँया ०४ पैसा कायम भएको छ। आइतबार थाइ भाट एकको खरिददर चार रुपैँया एक पैसा र बिक्रीदर चार रुपैँया तीन पैसा कायम भएको थियो।
युएई दिराम एकको खरिददर ३६ रुपैँया ४६ पैसा र बिक्रीदर ३६ रुपैँया ६३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम थियो। मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैँया १४ पैसा र बिक्रीदर ३१ रुपैँया २८ पैसा कायम भएको छ । मलेसियन रिङ्गेटको मूल्यमा सोमबार घटबढ भएन।
साउथ कोरियन वन एक सयको खरिददर १० रुपैँया सात पैसा र बिक्रीदर १० रुपैँया १२ पैसा कायम भएको छ । आइतबार साउथ कोरियन वन एक सयको खरिददर १० रुपैँया आठ पैसा र बिक्रीदर १० रुपैँया १२ पैसा कायम भएको थियो ।
स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैँया ०९ पैसा र बिक्रीदर १३ रुपैँया १५ पैसा कायम भएको छ । आइतबार स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैँया छ पैसा र बिक्रीदर १३ रुपैँया १२ पैसा कायम भएको थियो ।
डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ८८ पैसा र बिक्रीदर १९ रुपैँया ९७ पैसा कायम भएको छ । आइतबार डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ९० पैसा र बिक्रीदर १९ रुपैँइा ९९ पैसा कायम भएको थियो। राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया १७ पैसा र बिक्रीदर १७ रुपैँया २५ पैसा तोकेको छ । यो मुल्यमा पनि आज घटबढ भएन ।
कुवेती दिनार एकको खरिददर ४३८ रुपैँया ९७ पैसा र बिक्रीदर ४४० रुपैँया ९४ पैसा कायम भएको छ।
आइतबार कुवेती दिनार एकको खरिददर ४३८ रुपैँया ९३ पैसा र बिक्रीदर ४४० रुपैँया ८९ कायम भएको थियो। बहराइन दिनार एकको खरिददर ३५५ रुपैँया ३५ पैसा र बिक्रीदर ३५६ रुपैँया ९४ पैसा कायम भएको छ।
आइतबार बहराइन दिनार एकको खरिददर ३५५ रुपैँया ३४ पैसा र बिक्रीदर ३५६ रुपैँया ९३ पैसा कायम थियो।
राष्ट्र बैंकले भारतीय रुपैँया एक सयको खरिददर १६० रुपैँया र बिक्रीदर १६० रुपैँया १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।