केही समययता निक्षेपको ब्याजदर निकै तल्लो तहमा आइपुगेको छ।
बैंकहरूले माघको लागि सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.००१ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन्।
पुसमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर औसत ६.०१६ प्रतिशत थियो। यो तीन महिनादेखि पाँच वर्ष र सोभन्दा माथि अवधिको मुद्दती निक्षेमा दिइने ब्याजदर हो।
यस्तो निक्षेपमा कति छ ब्याजदर?
यस्तो निक्षेपमा बैंकहरूले अहिले ३ प्रतिशतदेखि ५.७५ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्।
अहिले ब्याजदर घटेको यो समयमा धेरैले लामो अवधिको मुद्दती निक्षेपमा पैसा राख्न चाहदैनन्। एक वर्षभित्रमा परिस्थिति फेरिएमा कम ब्याजदरको निक्षेपमा आफ्नो पुँजी नअड्किरहोस् भन्ने उद्देश्य समेत निक्षेपकर्ताहरूमा हुने गर्छ।
यही कारण अहिले पनि कुल निक्षेपमा यस्तो निक्षेपको हिस्सा उच्च रहँदै आएको छ।
मंसिरसम्मको राष्ट्र बैंकको तथ्यांक अनुसार हाल ३ महिनादेखि एक वर्षसम्मको मुद्दतीमा सर्वसाधारणले करिब १७ खर्ब रूपैयाँ राखेका छन्।
कुल ३० खर्ब १४ अर्ब रूपैयाँ मुद्दती निक्षेपमा यी अवधिको निक्षेपको हिस्सा ५६.२० प्रतिशत छ।
बैंकहरूले पछिल्लो समय यस्तो निक्षेपलाई कम प्राथमिकता दिन थालेका छन्। विशेष गरेर तीन महिनादेखि ६ महिनासम्मको निक्षेपलाई बैंकहरूले कम प्राथमिकता दिन थालेको तथ्यांकले देखाउँछ।
तीन देखि ६ महिना अवधिको मुद्दती निक्षेप घट्दै गइरहेको छ। गत असोजमा यस्तो निक्षेप ६ खर्ब १५ अर्ब सम्म रहेकोमा अहिले भने यो रकम घटेर ५ खर्ब ९० अर्बमा सीमित भएको छ।
माघ महिनामा बैंकहरूले तीन महिनादेखि एक वर्षसम्म मुद्दती निक्षेपमा दिएको ब्याजदर |
बैंक | न्यूनतम प्रतिशत | अधिकतम प्रतिशत |
सिटिजन्स बैंक | ४.५ | ५.१५ |
एनएमबी बैंक | ३ | ४ |
सनिमा बैंक | ४.३ | ५.३ |
लक्ष्मी बैंक | ४ | ४.५ |
राष्ट्रिय वाणिज्य बैंक | | ४ |
ग्लोबल आइएमई बैंक | ४ | ४.५ |
नबिल बैंक | ५ | ५.२५ |
एनआइसी एसिया | ३.५ | ४ |
हिमालयन बैंक | ३.२५ | ४.७५ |
स्टयाण्डर्ड चार्टर्ड बैंक | | ४ |
एभरेष्ट बैंक | | ४.२५ |
कुमारी बैंक | ४.३१ | ५.०१ |
प्रभु बैंक | | ५.१ |
कृषि विकास बैंक | ३.७६ | ४.२६ |
माछापुच्छ्रे बैंक | ३.५ | ३.७५ |
नेपाल बैंक | | ४.२ |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | ४.२५ | ५ |
प्राइम कमर्सियल बैंक | ५.५ | ५.७५ |
सिद्धार्थ बैंक | | ४.६ |
नेपाल एसबिआई बैंक | ३.५ | ४.३ |