पोखरा फाइनान्स नोक्सानमा देखिएको छ। चालु आर्थिक वर्ष २०८१-८२ को दोस्रो त्रैमासमा कम्पनी नोक्सानमा देखिएको हो।
कम्पनी ६५ करोड रूपैयाँ नोक्सानमा देखिएको छ। गत आर्थिक वर्ष २०८०-८१ को यही अवधिमा कम्पनीको नाफा दुई करोड रूपैयाँ थियो।
कम्पनीको खुद ब्याज आम्दानी १७ प्रतिशतले घटेपनि उच्च प्रावधान रकम राख्न परेपछि नोक्सानमा देखिएको हो।
कम्पनीको खुद ब्याज आम्दानी १७ करोड रूपैयाँबाट घटेर १४ करोडमा सीमित भएको छ। कम्पनीले यसअघि ३ करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक एक अर्ब रूपैयाँ प्रावधानमा राखेको छ।
कम्पनीको खराब कर्जा पनि ४.७६ प्रतिशतबाट एकैपटक बढेर ३३.२१ प्रतिशत पुगेको छ।
कम्पनीको वितरण योग्य नाफा एक अर्ब रूपैयाँले ऋणात्मक छ।
पोखरा फाइनान्सको विवरण रकम करोडमा |
|
पुस ०८१ |
पुस ०८० |
नाफा |
-६५ |
२ |
खुद ब्याज आम्दानी |
१४ |
१७ |
प्रावधान |
१०० |
३ |
खुद खराब कर्जा % |
१० .५९ |
१ .५८ |
खराब कर्जा % |
३३ ४४ |
४ ७६ |
वितरण योग्य नाफा |
-१५५ |
|
यो पनि:पोखरा फाइनान्सलाई राष्ट्र बैंकले सोध्यो 'समस्याग्रस्त घोषणा किन नगर्ने?'