११ वटा जलविद्युत कम्पनीले हकप्रद सेयर दिने भएका छन्।
११ वटा कम्पनी हकप्रद सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन्।
बाराही हाइड्रोपावर कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद सेयर दिने भएको हो। कम्पनीले गत जेठमै हकप्रदको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो। सर्वसाधारणमा सेयर जारी भएको दुई वर्ष पुगे/नपुगेको विषयमा धितोपत्र बोर्डले साउनमै कम्पनीलाई पत्राचार गरेको थियो।
कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेको गत पुसमा दुई वर्ष पुगेको छ। कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल छ।
शिवश्री हाइड्रोपावरले पनि एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले गत असारमै हकप्रदको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट हो।
रिभरफल्स हाइड्रोपावरले पनि एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले गत असारमै हकप्रदको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो।
धितोपत्र बोर्डले माघ ४ गते कम्पनीसँग थप जानकारी मागेको छ। कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल हो।
छयाङ्दी हाइड्रोपावरले पनि एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ।
कम्पनीले गत जेठमै हकप्रदको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो। धितोपत्र बोर्डले मंसिर ४ गते कम्पनीसँग थप जानकारी मागेको छ। कम्पनीको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल छ।
बरुण हाइड्रोपावरले पनि एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले गत भदौमा हकप्रदको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो। धितोपत्र बोर्डले मंसिर २५ गते कम्पनीसँग थप जानकारी मागेको छ।
कम्पनीको सेयर रजिष्ट्रार आरबिबी मर्चेन्ट हो।
जोशी हाइड्रोपावरले पनि एक बराबर ०.६५ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले गत असोजमा हकप्रदको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो। धितोपत्र बोर्डले मंसिर २५ गते कम्पनीसँग थप जानकारी मागेको छ। कम्पनीको सेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल हो।
राप्ति हाइड्रोपावरले पनि एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले गत असारमा हकप्रदको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल हो।
दोर्दी खोला जलविद्युत कम्पनीले पनि एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले गत असारमा हकप्रदको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल हो।
खानीखोला जलविद्युत कम्पनीले पनि एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले २०८० फागुनमा हकप्रदको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीको सेयर रजिष्ट्रार सिटिजन्स क्यापिटल हो।
तेह्रथुम पावर कम्पनीले पनि एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले २०८० चैतमा हकप्रदको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ।
पिपुल्स पावर कम्पनीले पनि एक बराबर ०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले गत जेठमा हकप्रदको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल हो।