अब बैंकहरूले विदेशी मुद्राको कारोबार (नन डेरिभरेबल फर्वाड) मा थप लगानी गर्न पाउने भएका छन्।
राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्षा गर्दै यस्तो व्यवस्था गरेको हो।
हाल बैंकहरूले आफ्नो प्राथमिक पुँजीको १५ प्रतिशत रकम मात्रै विदेशमा लगानी गर्न पाइरहेका थिए।
अब भने २० प्रतिशत बराबर रकम नन डेरिभरेबल फर्वाडमा लगानी गर्न पाउने भएका हुन्।