सान्भी इनर्जीको आइपिओ आज (सोमबार) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।
बिक्री प्रबन्धकका अनुसार उक्त आइपिओमा कुल २० लाख ४३ हजार २४९ जनाले आवेदन दिएका थिए।
जसमध्ये २० लाख ३० हजार १५७ जनाको आवेदन मात्र स्वीकृत भएको र ३ हजार ६७४ आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ।
कम्पनीले जेठ ९ देखि १३ गतेसम्म उक्त आइपिओ सर्वसाधारणका लागि बिक्री गरेको थियो।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रूपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
कम्पनीले ८ करोड ८० लाख रूपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र २ करोड ९१ लाख रूपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि यसअघि नै निष्कासन गरेको थियो।
त्यसैगरी, कम्पनीले १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ५८ हजार २०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि बाँडफाँट गरिसकेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।