जेठ र असार महिनामा स्थिर रहेको वाणिज्य बैंकहरूले दिने ब्याजदर साउनमा भने घटेको छ।
असारमा मुद्दति निक्षेपमा अधिकतम ब्याजदर औसतमा ५.९ प्रतिशत दिइरहेका बैंकहरूको साउनमा यस्तो ब्याजदर ५.६९ मा सीमित भएको छ।
राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले ब्याजदरलाई डोर्याउने कोरिडोरको माथिल्लो र तल्लो सीमा घटाएसँगै निक्षेपको ब्याजदर थप घटेको हो।
मौद्रिक नीतिले कोरिडोरको माथिल्लो सीमा रहने दर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा सीमित पारेको थियो।
बैंकहरूले पैसा अभाव भएमा राष्ट्र बैंकबाट यो दरमा पैसा पाउँछन्। त्यस्तै, तल्लो सीमाको दर पनि तीन प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरेको छ। यो दरमा बैंकहरूले आफुसँग बढी भएको पैसा राष्ट्र बैंकमा लगेर राख्छन्।
त्यस्तै, राष्ट्र बैंकले नीतिगत दरलाई पनि ५ बाट ४.५ प्रतिशतमा झारेको छ। यो ब्याजदर कोरिडोरको बीचमा रहन्छ। यो दरमा पनि बैंकहरूले राष्ट्र बैंकबाट पैसा सापट पाउँछन्। तर, हाल यो दरमा लिइएको रकम भोलीपल्टै फिर्ता गर्नुपर्ने हुन्छ।
यही कारण बैंकहरूको साधारण निक्षेप र मुद्दति निक्षेपको ब्याजदर घटेको हो।
साउनमा सबैभन्दा धेरै ब्याज एभरेष्ट बैंकमा पाइने भएको छ। बैंकले ६.५ प्रतिशत ब्इाजदर दिने भएको छ। त्यस्तै, सबैभन्दा कम ब्याजदर इनभेष्टमेन्ट बैंकमा पाउने भएका छन्। बैंकले अधिकतम ५.२५ प्रतिशत ब्याजदर दिने भएको छ।
साउनको लागि बैंकहरूले प्रकाशित गरेको निक्षेपको अधिकतम ब्याजदर
बैंक
|
असारको ब्याजदर % |
साउनको ब्याजदर % |
एभरेस्ट |
६.५५ |
६.२५ |
एनआईसी एसिया |
६.५५ |
६.२५ |
स्टान्डर्ड चार्टर्ड |
६.२५ |
६.२६ |
सानिमा |
६.३३ |
६.१८ |
माछापुच्छ्रे |
६. |
६. |
ग्लोबल आईएमई |
६. |
६. |
प्राइम कमर्सियल |
६.२५ |
६. |
प्रभु |
६.१ |
४.२५ |
हिमालयन |
५.५ |
६. |
एनएमबी |
६. |
६. |
राष्ट्रिय वाणिज्य |
६. |
५.५ |
सिद्धार्थ |
५.७५ |
५.७५ |
लक्ष्मी सनराइज |
५.७५ |
५.५ |
नबिल |
५.७५ |
५.५ |
सिटिजन्स |
५.६५ |
५.५ |
कुमारी |
५.७१ |
५.४१ |
कृषि विकास |
५.४५ |
५.४ |
नेपाल |
५.४५ |
५.४ |
नेपाल एसबीआई |
५.५ |
५.३५ |
इन्भेस्टमेन्ट मेगा |
५.५ |
५.२५ |