प्रदर्शनको दोस्रो दिन २४ गते देशभर भएको तोडफोड र आगजनीको घटनामा बैंकहरूको ६० वटा शाखामा क्षति पुगेको छ।
क्षतिको विवरण भने आउन बाँकी रहेको नेपाल बैंकर्स एशोसिएशनका प्रमूख कार्यकारी अधिकृत अनिल शर्माले बताएका छन्।
‘हामीले अहिले क्षतिको विवरण लिन सकेका छैनौं,’ एशोसिएशनका प्रमूख कार्यकारी अधिकृत शर्माले भने, ‘तर देशभर बैंकहरूको ६० वटा शाखामा क्षति भएको जानकारी पाएका छौंं।’
२४ गते राति काठमाडौं बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखमा तोडफोड आगजनी तथा नगद लुटपाट भएको थियो।
वित्त कम्पनीहरूमा आइसिएफसी फाइनान्सको बौद्ध स्थित शाखामा समेत तोडफोड र लुटपाट भएको नेपाल वित्तीय संस्था संघका पुर्वअध्यक्ष सरोजकाजी तुलाधरले बताए।
क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने बताइएको छ।