झापा इनर्जी लिमिटेडले साउन १४ बाट आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष प्रभावित झापाको शिवसताक्षी वडा ४ र आयोजना स्थलको एक सय मिटर वरपरका बासिन्दाहरूका लागि तीन लाख ८० हजार १ सय ९० कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ५७ हजार २९ सय कित्ता सेयर निष्कासन गरिरहेको हो।
आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि गरिने सार्वजनिक निष्कासन साउन २८ गतेसम्म खुला रहनेछ। यदि सो अवधिमा पुरै सेयर बिक्री नभए भदौ १२ गतेसम्म खुला हुनेछ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिमा छुट्याइएको सेयर पूरै बिक्री नभए साउन २८ गतेसम्म खुला रहनेछ।
आवेदकहरूले प्रतिकित्ता एक सय रूपैयाँको दरमा न्युनतम १० कित्ता र अधिकतम पाँच हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
पहिलो चरणको आइपीओ निष्कासनपछि सर्वसाधारणमा भने कम्पनीले पाँच लाख १३ हजार दुई सय ५६ कित्ता सेयर जारी गर्नेछ।
कम्पनीको सेयर निष्कासन व्यवस्थापक हिमालयन क्यापिटल हो।
सौर्य उर्जा उत्पादन गर्ने यो कम्पनीको क्षमता १० मेगावाट रहेको छ। कम्पनीले २०८० माघ १० गतेबाट विद्युत् उत्पादन सुरू गरिसकेको छ।
यस आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी सिङ्गल सर्किट प्रसारण लाईन मार्फत दमक वितरण केन्द्र अन्तर्गत बुलुचोक सब–स्टेसनमा लगी राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ।