धितोपत्र बोर्डले उधारोमा सेयर किन्न रोक्ने भएको छ। बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्ने उल्लेख गरेको हाे।
अहिले अनलाइनबाट कारोबार गर्दा खरिदकर्ताले कुल किन्ने सेयर मूल्यको २५ प्रतिशत रकम जम्मा गरेपछि खरिद आदेश दिनसक्छ।
भौतिक रूपमा वा फोनमार्फत कारोबार गर्नेले भने कुनै रकम जम्मा नगरी सेयर किन्ने आदेश दिनसक्छ।
कारोबारपछिको दुई दिनभित्र लगानीकर्ताले अनिवार्य रकम बुझाउँनै पर्ने व्यवस्था छ। तर, अहिले ब्रोकरसँग राम्रो सम्बन्ध भएका लगानीकर्ताहरूले तोकिएकै समयमा रकम भुक्तानी नगर्न पनि सक्छ।
यस्तोमा ब्रोकरले नै लगानीकर्ताको तर्फबाट रकम तिरिदिएको हुन्छ। किनभने रकम नदिई राफसाफ प्रक्रिया रोक्न मिल्दैन।
अब भने काराेबार गरिने बैंक खातामा रकम भए (लाेड गरे) पछि मात्र कारोबार हुने व्यवस्था गर्ने धिताेपत्र बाेर्डले उल्लेख गरेकाे छ।
यो पनि:
ग्राहकले एउटा खाताबाट अर्कोमा आफ्नो सेयर सार्न सक्ने, उधारो कारोबार रोकिने!
लगानीकर्ताको अर्बौं रूपैयाँ उधारो कारोबार मिलाइदिन्छन् ब्रोकरले (भिडिओ)