स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र नेपालकै प्रथम ५ तारे होटेल ग्रुप द सोल्टी होटल्स एण्ड रिसोर्टको सोल्टी हेरिटेज क्लबबीच एससिटी–युनियन पे कार्डका ग्राहकहरूलाई सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरशिप प्रदान गर्न सम्झौता सम्पन्न भएको छ।
यस सम्झौतापछि अगस्ट ५ देखि नेपाल भरका सम्पूर्ण द सोल्टी होटल्स एण्ड रिसोर्ट अन्तर्गतका होटल तथा रिसोर्टहरूमा एससिटी–युनियन पे कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फुड एड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरशिप अन्तर्गत प्राप्त हुने सम्पूर्ण छुट तथा सुविधाहरू पाउनेछन्।
यस छुटमा फुड एण्ड बेभेरेजमा १० प्रतिशत छुट, विशेष रुम महसुल दर साथै वर्थ डे र एनिभर्सिटीमा २० प्रतिशत विशेष छुट हुनेछ।
यस छुट पाउन कार्ड ग्राहकहरूले सोल्टी हेरिटेज क्लबको सदस्यता भने लिनु पर्ने हुन्छ।
सो सदस्यता लिन निः शुल्क रहेको छ र ग्राहकहरूले सोल्टीको अधिकारिक वेबसाइट तथा सोल्टी हेरिटेज क्लबको मोबाइल एप्लिकेसनबाट सजिलै लिन सकिनेछ।
एससिटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटी–युनियन पे कार्ड जारी गर्दै आइरहेको छ।
यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ।
एससिटी–युनियन पे कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससिटी–युनियन पे कार्ड माग गरी कार्ड प्राप्त गर्न सकिनेछ।