गरिमा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/२०८१ को सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
जसमा बोनस सेयर ६ प्रतिशत र नगद लाभांश करसहित ४.५३ प्रतिशत छ।
बैंकले उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात सेयरधनीलाई वितरण गरिने जनाएको छ।