माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको कात्तिक २० गते बसेको बैठकले उक्त लाभांश प्रस्ताव पारित गर्दै मंसिर २९ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्नेछ।
उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।