साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षका लागि सो पदमा नियुक्त गरेको हो ।
उनले व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका छन् ।