थाई एअरवेजले नेपालमा पहिलो पटक २०२५ साल मंसिर १९ गते उडान भरेको थियो।
नेपालमा आफ्नो संचालनको ५० औं वर्ष पूरा गरेको अवसरमा थाई एअरवेज ईन्टरनेसनल पब्लिक कम्पनी लिमिटेडले काठमाडौंमा एक कार्यक्रम गरी मनाएको छ। प्यासेन्जर जेट नेपालमा भित्राउन पहिलो उडान समेत रहेको यस थाई एअरलाईनले नेपाललाई विश्वका अन्य भागहरुमा समेत परिचित बनाएको थियो ।
सुरुवाती दिनहरुमा साप्ताहिक रुपमा उडान भर्ने थाईले बिस्तारै बढ्दो मागसँगै आफ्नो उडानको संख्या बढाएको थियो । सन् १९९७, अक्टोबर देखि थाईले नेपालमा दैनिक रुपमा ए ३००, ८०० जहाजले संचालन गरेको थियो भने सन् १९९८, नोभेम्बरमा भिजिट नेपाल १९९८ लाई समर्थन गर्दै नेपालमा बी ७७७ २००
भित्राएको थियो जुन आजको मितिसम्म पनि संचालनमा रहेको छ ।
५० वर्षको यस सुनौलो यात्रामा थाईले विभिन्न ऐतिहासिक सफलताहरु आफ्नो हात पारेको छ । सन् १९८५,नोभेम्बरमा काठमाडौंमा कम्प्युटरको माध्यमबाट रिर्जभ गर्ने पहिलो एअरलाईन्सको रुपमा थाई स्थापित भएको थाईले विभिन्न ट्राभल एजेन्टहरुलाई समेत सन् १९९० देखि यो सेवा प्रदान गर्दै आएको छ ।
थाईले निरन्तर रुपमा विभिन्न नयाँ गन्तव्यतर्फ आफ्नो रुट विस्तार गर्दै आएको छ । थाईको आफ्नै सिल्कक्लास लन्ज, आफ्नै ग्राउण्ड ह्यान्डलिङ्ग सर्भिस, रोयल अर्किड होलिडे प्याकेज, आफ्नै टेक्निकल ह्यान्डलिङ्ग सर्भिस र फस्ट इन–फ्लाइट म्याजेजिन– सवादी ले समेत थाईमा थप र नयाँ आयाम जोडेको छ ।
नेपालमा निरन्तर रुपमा सिएसआर कार्यक्रमहरु आयोजना गर्दै आएको थाईले प्रत्येक वर्ष ३१ जुलाईका दिन रक्तदान कार्यक्रम, वार्षिक मोतीबिन्दु सर्जरी क्याम्प, कार्डियो चेक–अप र हेल्थक्याम्पका साथै अनाथलयहरुलाई स्टेसनरी समानहरु समेत प्रदानगर्दै आएको छ ।
थाईले नेपालमा रहेको रोयल थाई राजदूतावास, नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरण, नबिल बैंक लिमिटेड र होटेल अन्नपूर्णलाई प्रशंसा पत्रले सम्मानित गरेको छ । यसका सार्थ थाईले मिस नेपालका शीर्ष ३ प्रतियोगीहरुलाई समेत आफ्नो सेवा र सुविधा प्रदान गर्दै आएको छ ।