बाजेको सेकुवाको नयाँ शाखा बुटवलमा खुलेको छ।
बुटवलको मिलनचोकमा बाजेको सेकुवाको नयाँ शाखा खुलेको हो । विगत चार दशकदेखि काठमाडौं एयरपोटको चौरवाट सुरु भएको बाजेको सेकुवा अहिले १३ वटा साखा सहित रेष्टुुुरेण्ट संजालको रुपमा परिणत भएको छ ।
सेकुवा परीकारमा नेपालका साथै अन्तराष्ट्रिय परीचयको रुपमा आफुलाई स्थापित गर्न सफल बाजेको सेकुवा फ्रान्चाईज मोडेल अवलम्वन गर्ने नेपालकै पहिलो रेष्टुरेण्ट हो ।
बाजेको सेकुवाका पारखीहरुले यही पौष महिना देखी बुटवलमा पनि यस रेष्टुरेन्टको सर्वाधिक लोकप्रिय विभिन्न सेकुवाका परिकारहरुको स्वाद लिन पाउने भएका छन् । फ्रान्चाईज मोडलमा आधारित यो बुटवल शाखा, बाजेको सेकुवाको उपत्यका बाहिरको तेस्रो शाखा हो । बाजेको सेकुवाको काठमाण्डौे उपत्यका तथा उपत्यका बाहिर गरी १३ वटा शाखाहरु सञ्चालनमा छन् ।
बाजेको सेकुवाका फ्रान्चाईजहरु बाजेको भेन्चर नामक कम्पनीको व्यवस्थापन अन्र्तगत सञ्चालन हुन्छन् ।
यस कम्पनीले बाजेको सेकुवाका लागि आवश्यक विभिन्न स्वच्छता, गुणस्तर र एकरुपताका मापदण्डहरु तयार पारी सोही मापदण्डहरु फ्रान्चाईजमा लागु गरी समय समयमा यसको निरिक्षण पनि गर्दछ । यसले गर्दा फ्राञ्चाईज रेष्टुरेन्टहरुले त्यही बाजेको सेकुवाको मौलिक स्वाद र सत्कार कायम गर्न सफल हुन्छन् ।