ब्रिलेयर साइन्स इन्डियाको चर्चित सौदर्य प्रसाधनको आधिकारी विक्रेता डेल्टा मार्केटिङलाई नियुक्त गरेको छ । काठमाडौंमा एक कार्यक्रमगरि व्रिलियटर साइन्स नेपालको ब्राण्ड एम्बाष्डरको रुपमा अन्तर्राष्ट्रिय चर्चित हेयर स्टायलिष्टि निल डेभिड कटुवाललाई नियुक्त गरेको छ ।
कार्यक्रममा ब्रिलेयर साइन्सका अन्तराष्ट्रिय विभागका प्रमुख नारायण रेले ब्रिलियर साइन्समा प्रयोग हुने सम्पूर्ण कच्चापदार्थहरु १०० प्रतिशत प्राकृतिक रहेको बताए। ब्रिलेयर साइन्स सत प्रतिशत भेगान प्रमाणित नेचुरल कस्मेटिक्स ब्राण्ड भएकोले यसको कुनै साइड इफेक्ट नभएको र यसले छाला तथा केसलाई कुनै किसिमको नकारात्मक असर नगर्ने उनले बताए ।
ब्रिलियर साइन्सका ब्राण्ड एम्वेष्डर निल डेभिडका अनुसार आफूले यस क्रम्पनीका सम्पूर्ण उत्पादनहरु पहिला आफैमा प्रयोग गरि उत्कृष्ट पाएपछि मात्र यस ब्राण्ड एम्बेष्डर बनेको बताए ।
डेल्टा मार्केटिङका प्रमुख हेमन्त निरौलाका अनुसार यो उत्पादन नेपाली हावा पानी र नेपाली बजारमा सुहाउँदो बताए तथा यस ब्रिलेयर साइन्स ब्रान्डमा केश तथा छालाको सम्पूर्ण उपलब्ध छ । यो प्रोडक्ट नेपालकाप्रमुख व्युटिपार्लर सलुनमा सर्वसूलभ रुपमा पाइने छ ।