पाल्पाको तानसेनमा सुविधा सम्पन्न लिफ्ट प्रविधि जडानसहितको होटल सञ्चालनमा आएको छ ।
तानसेनको टुडिखेल मैदान नजिकै मुक्ति जिसीले १६ करोडको लगानीमा होटल ताज सञ्चालनमा ल्याएका हुन्। तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि अत्याधुनिक सेवा सुविधासहितको होटल नहुँदा बास बस्नकै लागि यहाँबाट पोखरा र बुटवल फर्कन बाध्य हुने गरेका थिए ।
जिल्लामै पर्यटकलाई बास बस्ने र यहाँको पर्यटकीय क्षेत्रको अवलोकन गराउने उद्देश्यले होटल सञ्चालन गरेको जिसी बताए ।
होटलमा फरक पहिचान र फरक स्वाद सेवा सुविधाको व्यवस्थापन गरिएको व्यवस्थापक देवेन्द्र खड्काले बताए ।
उक्त होटलमा सुविधा सम्पन्न १५ कोठाको व्यवस्था छ । होटलबाट ५० जनालाई रोजगार मिलेको छ । तानसेनमा झण्डै आधादर्जन भन्दा बढी ठूला लगानीका होटल सञ्चालनमा आएका छन् ।
रानीमहल दरबार, एशियाकै ठूलो त्रिशूल रहेको भैरवस्थान मन्दिर, पाल्पादरबार संग्रहालय, शीतल हावा प्रदान गर्ने मनोरम श्रीनगरडाँडा लगायतका दर्जनाैँ पर्यटकीयस्थल रहेकाले पनि पाल्पा पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको छ ।