नेपालका विभिन्न समुदायका आफ्नै मौलिक चाडपर्व र मेला छन्। तिनले उक्त समुदायका मौलिक पहिचान र संस्कार-संस्कृति झल्काउँछन्। हाम्रा हरेक चाडपर्वसँग खानपानको पनि गहिरो सम्बन्ध छ। त्यसैले हरेक चाडपर्व जोगाउन मौलिक खानपान जोगाउनु अति अवश्यक छ।
यतिबेला हाम्रो आँगनमा उज्यालोको पर्व तिहार छ। तिहारमा चढाउनदेखि भाइटीकाका निम्ति मिठो र गुलियो परिकार बनाउने चलन छ।
यो तिहारमा हाम्रो देशकै विभिन्न समुदायका मौलिक मिष्ठान्न भोजन कसरी तयार गर्न सकिन्छ भनेर जानकारी दिने प्रयास गरिएको छः
ढकनी 

आवश्यक सामग्रीः
	- चामलः आधा किलो 
 
	- घ्यूः २ सयदेखि ३ सय ग्राम
 
	- दूधः ३ लिटर 
 
	- चिनी वा सख्खर वा महः २ सय ग्राम
 
	- काजु, किसमिस र नरिवलः १०० ग्राम
 
	- सुकमेल, मरिच, जायफलको धूलोः एक चिया चम्चा 
 
बनाउने विधिः
	- पकाउनुभन्दा अघि चामललाई १० मिनेट सफासँग धोएर भिजाएर राख्ने।
 
	- चुल्होमा कसौंडी बसाल्ने। कसौंडी तातेपछि घ्यू हाल्ने। तातेपछि पानी तारेको चामल कसौंडीमा हालेर खैरो हुने गरी भुट्ने। 
 
	- सानो सानो टुक्रा बनाएर नरिवल, काजु, किसमिस हालेर एकछिन चलाउने।
 
	- चिनी वा सख्खर हालेर एकछिन चलाउने।
 
	- अब दूध हालेर एकछिन चलाउने। 
 
	- सुकमेल, मरिच, जायफलको धूलो राखेर सानो आगोमा विस्तारै छोप्दै चलाउँदै पकाउने।
 
	- ढकनी तयार भयो।
 
ढकनी कुनै पनि शाकाहारी तरकारी र अचारसँग खाना सकिन्छ। फलफूलसँग पनि खाना सक्नु हुन्छ। यो खाना विशेषगरी आर्यन समुदायमा बन्छ। पाल्पा, गुल्मी र सुदुरपश्चिममा बढी प्रचलनमा पाइन्छ। 
अर्सा र लाडुः 
अर्सा र लाडु आर्यन समुदायमा कोसेलीका रूपमा लाने गरिन्छ। विशेषगरी केटी माग्न जाने बेलामा अर्सा र लाडु अनिवार्य मानि्छ। अर्सा र लाडु शुद्ध घ्यू, मह र चामल मिसाएर बनाइन्छ। यो लामो समय राखेर खान सकिन्छ। अर्सा रोटी जस्तो गोलो आकारमा हुन्छ भने लाडु डल्लो आकारमा हुन्छ।
.jpg)
आवश्यक सामग्री
	- ओख्लीमा कुटेको धानको चामलको पिठो – ५०० ग्राम 
 
	- मह – १०० ग्राम 
 
	- घ्यू – १०० ग्राम (चामलसँग मिसाउन) 
 
	- घ्यू – ५०० ग्राम (डिप फ्राइ गर्न)
 
	- बेसार – रङका लागि 
 
बनाउने विधिः
	- चामललाई १ घण्टा पहिले भिजाउने र भिजेको चामललाई ओखलमा कुटेर पिठो बनाउने।
 
	- पिठो केलाउने र चाल्ने।
 
	- फलामको कराईमा घ्यू बसाल्ने।
 
	-  तातेपछि बेसार राखेर पिठो राखेर सानो आगोमा पकाउने।
 
	- पाकेपछि अर्काे भाँडामा राख्ने र घ्यू, मह राखेर मुछेर डल्लो बनाउने।
 
	- लाडुका लागि सानो सानो डल्लो बनाउने।
 
	- लाडु खाना तयार भयो।
 
	- अर्सालाई सानो सानो डल्लो बनाउने र गोलो रोटीको आकार बनाउने।
 
	- अनि घ्यूमा फ्राई गर्ने।
 
	- पाकेपछि अर्सा पनि तयार भयो। 
 
यसलाई हामीले तत्कालै र लामो समय राखेर खान पनि सकिन्छ। 
भाबरी/गेङ

आवश्यक सामग्री 
	- चामल २०० ग्राम 
 
	- पानी ३० मि.लि. 
 
	- क्रज्याली/ल्बाम्सीङ १० ग्राम 
 
	- तेल २०० मि.लि. 
 
पकाउने विधि
	- चामललाई १ घण्टा अगाडि पानीमा भिजाएर राख्ने। 
 
	- भिजाएको चामल र क्रज्यालीलाई सँगै राखेर ओखलमा कुट्ने वा मिक्सचरमा पेल्ने।
 
	- हल्का लेदो हुने गरी पानी मिसाउने। 
 
	- पानी हालेर मज्जाले चलाउने। कुनै गिर्खा नरहोस् भन्नेमा ध्यान दिने। यो लेदो बाक्लो र बिस्तारै बग्ने खालको चाहिन्छ।
 
	-  कम्तिमा २ घन्टाभन्दा बढि मुछेर राखेपछि मात्र पकाउने। 
 
	- भाबरी डुब्ने गरी तेल भाँडामा राख्ने। 
 
	- तेल तातेपछि पकाउने। 
 
यो तामाङ समुदाय विशेष खाना हो। यसलाई हामीले विभिन्न खाल्को तरकारीसँग खान सकिन्छ। विशेषगरी प्रोटिन र मिनिरल भएको तरकारीसँग खाना सकिन्छ। आलु र मासुको तरकारीसँग स्वादिलो हुन्छ।
ढिक्री
ढिक्री थारू समुदायले बनाएर खाने मुख्य खाना हो। ढिक्री विभिन्न चाड अनुसार फरक फरक आकारमा बनाएर खाइन्छ। दसैंको ढिक्रीलाई दसैंया ढिक्री भनिन्छ। यो दुईतिर चुच्चो भएको हुन्छ।
तिहारकोलाई देवारी ढिक्री भनिन्छ। यो दियो आकारमा बनाएर खाइन्छ। माघे संक्रन्तिमा बनाइनेलाई माघी ढिक्री भनिन्छ। यो लाम्चो आकारमा बनाएको हुन्छ।
ढिक्री तातो नै खानु पर्ने हुन्छ। यो 'स्टिम' विधिबाट पकाउने भएकाले चिसो भएपछि साह्रो हुन्छ र मिठो हुँदैन। विभिन्न खालको तरकारीको परिकारसँग खाइने ढिक्री चाडपर्वमा विशेषगरी बुंगुरको मासुसँग खाने चलन छ। चिसो भइसकेको ढिक्री कोइलामा पोलेर खाने चलन छ।
.jpg)
आवश्यक सामग्रीः 
बनाउने तरिकाः
	- चामललाई भिजाएर ओखलमा कुटेर पिठो बनाउने वा सुख्खा चामललाई घट्ट या मिलमा पिसेर पिठो बनाउने।
 
	- चिसो पानी हालेर साह्रो खालको डल्लो (डो) बनाउने।
 
	- डल्लोलाई चाड अनुसारको आकार बनाएर स्टिमरमा स्टिम गर्ने। वा,
 
	- पुरानौ शैलीमा भाँडामा पानी राखेर माथि अर्काे भाँडामा ढिक्री राखेर छोपेर स्टीि गरेर पकाउने।
 
	- यो चार देखि ६ मिनेटमा पाक्छ।  
 
(सेफ प्रेमलाल घिसिङ नेपाली खाना खोज अभियन्ता हुन्।)
सेफ प्रेमलाल घिसिङ