हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन ललितपुरको कुमारीपाटीस्थित लब बिल्डिङमा स्मार्ट सेन्टर सुरु गरेको छ ।
उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध गराउन तथा स्मार्टका उत्पादन तथा अफरहरुको जानकारी दिन सेन्टर सुरु गरेको जानकारी स्मार्ट टेलिकमले दिएको छ । सेन्टरको एक कार्यक्रमबीच स्मार्ट टेलीकमका अध्यक्ष सर्वेश जोशीले उद्घाटन गरेका छन् ।
स्मार्ट सेन्टरमा सेवासम्बन्धी समस्याको समाधानसहित नयाँ सिम, रिचार्ज कार्ड, हराएको, बिग्रेको सिम पुन उपलब्ध गराउने तथा ग्राहकका जिज्ञाशा समाधान गर्ने लगायतका सेवा उपलब्ध हुनेछन् ।
स्मार्टले पुतलीसडक तथा भक्तपुरमा समेत छिटै स्मार्ट सेन्टर सञ्चालनको तयारी गरिरहेको जनाएको छ । तेश्रो ठूलो दुरसञ्चार सेवाप्रदायक संस्था स्मार्टले हालै काठमाडौं र पोखरामा सुरु गरेको फोर जी नेपालकै उत्कृष्ट र तीब्र गतीको भएको दावी गरेको छ ।