नेपाल टेलिकमले भारत फोन गर्दा ४० प्रतिशत छुटको योजना ल्याएको अघि सारेको छ।
भारतमा कल गर्न टेलिकमले विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ।
प्याकेज अनुसार १५ मिनेटको ३५ रुपैयाँ १ दिनका लागि, ६५ मिनेटको १५० रुपैयाँ ७ दिनका लागि र २२५ मिनेटको लागि ५ सय रुपैयाँ निर्धारण गरिएको छ।
टेलिकमले आफ्नो बार्षिक उत्सवको अवसरमा कल र इन्टरनेटमा यस अघि पनि थुप्रै योजनाहरु ल्याएको थियो।