एप्पलको आइफोनका आगामी मोडलमा दुई वटा सिम क्षमता हुन सक्ने प्रक्षेपण अन्तराष्ट्रिय फोन सञ्चार माध्यमले गरेका छन्।
टेक सम्बन्धी पत्रिका ब्लुमवर्ग र टेकराडारले एप्पलका उत्पादनका परिचित विश्लेषक मिन सि कुलाई उदृत गर्दै फोनमा दुई वटा सिम अटाउने क्षमता समावेश गर्न लागेको विश्लेषण गरेका हुन्। एप्पलका उत्पादनका बारेमा कुलाई विश्वसिनय विश्लेषकका रुपमा मानिन्छ।
एप्पलले हरेक सेप्टेम्बर महिनामा नयाँ फोन सार्वजनीक गर्ने गरेको छ। गत वर्ष एप्पलले आइफोन ८, ८ प्लस र टेन सार्वजनीक गरेको थियो।
एन्ड्रोइड फोन उत्पादक कम्पनीले दुई वटा सिम क्षमताका फोन निमार्ण गर्दै आएको भएपनि एप्प्लले हालसम्म आइफोनमा सो सुविधा उपलब्ध गराएको थिएन।
यसका साथै कुले आगामी आइफोनको मोडलको मूल्य ५ सय ५० देखि ७ सय ५० डलर रेन्जसम्मको हुने बताएको छ। यो महँगो भेरियन्टमा दुई वटा सिम क्षमता रहने बताइएको छ।