मोबाइल वालेट खल्तीका सहसंस्थापक अमित अग्रवाललाई गएको चार वर्षदेखि एउटै कुरा खड्किएको थियो। वालेट त ल्याइयो। तर आम जनताको बीचमा यसलाई दैनिकीसँग कसरी जोड्ने?
उनको समूहले गएको चार वर्षदेखि यही कामका लागि केमात्र गरेन। स्थानीय स्तरमा प्रबर्द्धन, मार्केटिङ, समाजिक सञ्जालबाट व्यापक प्रसारण। गर्नसक्नेसम्म बसै गर्यो। तर खल्तीलाई मान्छेले दैनिक प्रयोगमाम ल्याइरहेका थिएनन्।
तर कोभिड-१९ को ६ महिना अवधिले त्यो आफै ल्याइदियो।
कुन पनि एपलाई टुथ ब्रस जस्तै बनाउन खोज्छन् त्यसका विकासकर्ताहरु। अर्थात् दैनिक रुपमा मान्छेले प्रयोग गरोस। स्वभाविक रुपमा खल्तीलाई पनि हामी यस्तै बनाउन चाहना अग्रवालको थियो। तर त्यो भइरहेको थिए।
’जति मान्छेले मोबाइलमा ब्यालेन्स रिचार्ज,फ्लाइटको टिकट काटे पनि हाम्रो एप टुथब्रस बन्न सकेको थिएन। महिनामा रिचार्ज बढीमा ३ पटक चाहिने हो। जब लकडाउन भयो। तब मान्छे बाहिर जान पाएन। कार्ड जहाँ पाए त्यही पाइएन। अहिले आवश्यकता बन्यो। त्यो हामीले गर्न सकिरहेका थिएनौ लकडाउनले सहजै गरिदियो’ अग्रवालले भने।
लकडाउनले गर्दा मोबाइल वालेटप्रतिको आम प्रयोगकर्ताको धारणा परिवर्तन भएको महसुस गरेका उनी यसको परिणाम भने अझै महसुश गर्न पाएका छैनन्।
लकडाउन हुनेवित्तिकै कारोबार बढेको भन्ने आम अनुमान विपरीत कारोबार भने उल्टे घटेको थियो। अहिले पनि खासै कारोबार नबढेपनि धारणा परिवर्तन भएकाले सामन्य अवस्थामा आउनेवित्तिकै यसको प्रभाव देखिन थाल्ने उनको भनाइ छ।
‘बिजनेस सेन्टिमेन्ट नै डाउन भएको छ। लकडाउनले गर्दा। मान्छेका खर्च गर्ने तथा खरिदका सिमित बिकल्प मात्र छन्। यस्तोमा हाम्रो कारोबार त बढेको छैन। तर यसले भविष्यमा राम्रो परिणाम दिन्छ’ उनले भने।
लकडाउन हुनेवित्तितकै कारोबार ७० प्रतिशतले घटेको उनले सुनाए। यद्यपी आजभोलि भने लकडाउन अघिकै अनुपातमा कारोबार भइरहेको उनको भनाइ छ।
यस्ता डिजिटल वालेटमा कारोबार रकमको ठूलो हिस्सा हुने बिजुली बील तिर्ने, खानेपानीको शुल्कको खासै कारोबार लकडाउन अवधिमा भएन।
कोरोनाले गर्दा यस्ता वालेटको कारोबारको ट्रेन्ड पनि बदलिदिएको छ। ठूला भनिएका शिर्षकका कारोबार रोकिंदा पनि अहिले कोभिड पूर्वको अवस्थामा कारोबार भइरहेको अग्रवालको भनाइ छ।
यो बीचमा खल्तीले विभिन्न प्रकारका सेवा पनि थप गर्यो। अहिले थपिएका यी सेवा पनि खल्तीले अहिले आएर थप्न खोजेको भने होइन।
‘पहिलेदेखि नै हामी यस्ता सुविधा थप गर्न चाहन्थ्यौं। तर उहाँहरुले हामीलाई विश्वास गर्नुहुन्थेन। अहिले आएर हाम्रो एप्रोच र उहाँहरुको आवश्यकता मिल्यो’ अग्रवालले भने।
खल्तीले अहिले कोभिड इन्स्योरेन्स, पिसिआर परीक्षणका लागि बुकिङ तथा शुल्क, सेयर मार्केटको शिक्षा तथा सिकाइका कोर्स लिनका लागि शुल्क तिर्न मिल्ने सुविधा थपिएका छन्।
स्कुल,इन्टरनेट सेवाप्रदायक र शेयर ब्रोकरहरु पनि खल्तीसँग जोडिएका छन्। ऋण पनि खल्तिबाटै आवेदन दिनसकिने सुविधा थपिएको छ।
यी सबै अवसरहरु कोभिड १९ ले सिर्जना गरेको अग्रवाल ठान्छन्।
‘त्यस्ता थुप्रै कम्पनीहरु थिए। जहाँ हामीले गएर खल्ती जोड्नु भन्दा चाहिँदैन भन्थे। लकडाउन भएपछि उहाँहरु नै अनलाइन पनि जोडौ न भन्दै आउनुभयो’ अग्रवालले भने’ यो हामीले पहिलेदेखि नै चाहेको तर कोभिडले पुरा अवसर जुराइदिएको जस्तो भयो।‘
स्थापनाको चार वर्षपछि आएको कोभिड १९ ले सिर्जना गरेको अवसरलाई खल्तीको आधार खडा हुने अग्रवालको विश्वास छ।
‘हामीले वालेटलालई जुन रुपमा लिन खोजेका थियौं त्यो त सुरु नै भएको छैन। हामीले बनाउन खोजेको खल्ती वालेट अब सुरु हुन्छ’ उनले भने।
नेपालमा अहिले पनि कयौं वालेटहरु बैंकका मोबाइल बैंकिङ एपले दिने जस्तै सेवा दिइरहेका छन्। तर वालेट जसरी जानुपर्ने त्यसरी गएका छैनन् भन्ने कुरामा अग्रवाल सहमत छन्।
वालेटलाई व्यवस्थित लेखा प्रणाली नहुने तर सामन्य जनताले दैनिक सेवा लिने र शुल्क तिर्ने ठाउँमा जोड्ने आफ्नो खास योजना रहेको उनको भनाइ छ।
दैनिक ठूलो कारोबार हुने सहरी सार्वजनिक यातायात,खुद्रा भुक्तानी हुने साना पसल, पर्यटनमुलक साना व्यवसायमा वालेटलाई विस्तार गर्ने योजना भएपनि अहिलेसम्म खल्तीलाई दैनिकीसँग जोड्ने र प्रबर्द्धनमै समय बितेको उनको अनुभव छ।
‘३ प्रतिशत कम्पनी मात्र अनलाइन सिस्टममा आएका छन्। त्यस्ता कम्पनीको एकाउन्ट त व्यवस्थित छन्। त्यो कुरा बैंककै एपमा पनि छ। त्यहाँ वालेटको खासै के काम। जुन ९७ प्रतिशत क्षेत्र छ जसको व्यवस्थित लेखा र प्रणाली छैन। त्यही चाहिने हो हाम्रोजस्तो सेवा। हामि त्यही जाने हो’ उनले भने।
कोभिडपछिको सामन्य अवस्थामा खल्तिको ध्यान त्यही ९७ प्रतिशत क्षेत्रमा केन्द्रित हुने उनको भनाइ छ।