रियलमीले रियलमी सी ६३ को ४+६४ भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।
रियलमी सि ६३ मा ६.७४ को एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन्।
फास्टेस्ट एभर ४५ वाट सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बडी र भिगन फिनिसका साथ आएको यस रियलमी सि ६३को ४+६४ जिबी भेरियन्टले बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास कम्पनीले लिएको छ।
रियलमीका हेड अफ स्ट्राटेजी एण्ड रिसर्च मुनिस गिरीले भने, 'हामी नेपाली बजारमा रियलमी सि ६३ को यो भेरियन्ट ल्याउन पाउँदा निकै उत्साहित छौं। यो स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ। ग्राहकको चाहनालाई मध्यनजर गर्दै हामीले सी ६३ को ४+ ६४ जिबी भेरियन्ट झनै किफायती मूल्यमा ल्याएका छौँ।'
४५ वाटको सुपरभोक चार्जर रहेको रियलमी सि ६३ छिट्टै चार्ज गर्न सकिन्छ। साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ।
३८ दिनको स्ट्याण्ड बाइ टाइम भएको रियलमी सि ६३ लाई १ मिनेट चार्ज गर्दा एक घण्टासम्म कुरा गर्न सकिने दाबी कम्पनीको छ।
३८ प्रकारका चार्ज प्रोटेक्शन र स्मार्ट चार्ज टेक्नोलोजीको साथ रियलमी सि ६३ ले केवल छिटो चार्जिङ मात्र होइन, उच्च सुरक्षा पनि सुनिश्चित गर्दछ। विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको यस स्मार्टफोनले गेमिङ, स्ट्रिमिङ वा कामका लागि दिनभरी भरपर्दो पावर उपलब्ध गराउँछ।
७.७४ मिलिमिटर चौडाइ भएको रियलमी सि ६३ जेड ग्रीन (हरियो) र लेदर ब्लू (निलो) रंगमा डिजाइन गरिएको छ। केवल १९१ ग्राम तौल भएको यो फोन चलाउन पनि सजिलो रहेको कम्पनीले बताएको छ।
वान–माइक नोइज क्यान्सलेशन र सुपर लिनियर मोनो स्पिकरहरू पनि भएको हुँदा यसको अडियो क्वालिटी पनि राम्रो रहेको छ। साथमा म्याजिक ग्लोइङ डिजाइनले भिजुअल रिपल इफेक्ट पनि प्रदान गर्दछ।
यो फोनलाई दीर्घकालीन प्रयोगको लागि विशेष रूपमा डिजाइन गरिएको छ। यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ जसले ४ वर्षसम्म बिना कुनै रोकावट र ल्याग–फ्री प्रदर्शन सुनिश्चित गर्दछ।
यो स्मार्टफोन अक्टा–कोर चिपसेटद्वारा निर्माण भएको छ जसमा ४+४ जिबीको डाइनामिक र्याम र १२८ जिबीसम्मकोे स्टोरेज अप्सन रहेको छ।
रियलमी सि ६३ मा एआई बुस्ट प्रविधि रहेको छ जसले गेमिङ र मल्टिटास्किङलाई थप प्रभावकारी बनाउँछ। स्मुथ बुस्ट प्रविधिले एपहरू छिटो लन्च गर्न र सहज रूपमा स्विच गर्न मद्दत गर्दछ भने गेम बुस्टले गेमिङको स्थिरतामा १० प्रतिशत सुधार गर्दै फ्रेम रेटलाई अझ स्थिर बनाउँछ।
रियलमी सी ६३ को ६.७४५ इन्च डिस्प्लेमा जीवन्त दृश्यहरू देख्न पाइन्छ। यसमा ५६० निट्स (एचबिएम) सम्मको ब्राइटनेस पनि समेटिएकोले सबै खाले लाइटिङ कन्डिसनमा यसको प्रयोग मजाले गर्न सकिन्छ।
स्क्रिन टु बडी ९०.३ प्रतिशतको साथमा १६००*७२० को एचडी रिजोलुसन र ९० हर्जको रिफ्रेस रेटको साथ रियलमी सी ६३ ले इमर्सिभ डिस्प्ले अनुभव प्रदान गर्दछ।
साथै यसले डिस्प्लेले १८० हर्जसम्मको टच स्याम्प्लिङ रेटलाई पनि सपोर्ट गर्दछ। उत्कृष्ट अडिओ अनुभवका लागि २०० प्रतिशत क्षमताको अल्ट्रा बुम स्पिकर उपलब्ध रहेको छ।
यसमा ५० मेगापिक्सेलको एआइ क्यामेरा रहेको छ। साथमा ८ मेगापिक्सेलको सोनी आइएमएक्स ३५५ अल्ट्रा–वाइड–एंगल लेन्सले वाइड फिल्ड अफ भ्यु प्रदान गर्दछ।
नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गुगल लेन्स जस्ता फिचरहरू पनि यसमा समावेश रहेको छ।
साथै ७२० पिक्सेलको भिडिओ ३० एफपिएसमा पनि यसको क्यामराले खिच्न सक्छ। त्यसैगरी स्ट्रिट फोटोग्राफी फिल्टरले सहरका उत्कृष्ट दृश्य खिच्छ।
यसमा एयर जेस्चर प्रविधि रहेको छ जसले प्रयोगकर्ताहरूलाई फोन नछोईकनै कल उठाउन वा सामाजिक सञ्जालमा ब्राउज गर्न सक्ने सुविधा प्रदान गर्दछ।
डायनामिक बटनले थप सहजता दिनका लागि अनुकूलन गर्न मिल्ने सर्टकट उपलब्ध गराउँछ भने राइडिङ मोडले यात्राको क्रममा थप सुरक्षित बनाउँछ।
आइपी ५४ वाटर रेजिस्टेन्ट रेटिङको प्रमाणपत्र प्राप्त गरेको यो फोनमा स्प्ल्यास–प्रुफ र डस्ट–प्रुफ छ।
रियलमी सि ६३ ५ लाख पटक पावर बटन थिच्ने परीक्षण, २० हजार पटक चार्जिङ पोर्ट परिक्षण र ड्रप टेस्ट जस्ता कडा परीक्षणहरूबाट प्रमाणित भएको कम्पनीको दाबी छ।
यसको बलियो बनावटले लामो समयसम्म टिकाउपन सुनिश्चित गर्दछ।
रियलमी सि ६३ ले डुअल सिम मोड सपोर्ट गर्दछ। साथै ५ गिगाहर्जको वाइ–फाइ, ब्लुटुथ ५.० सहित जिपिएस, ग्लोनास, बिडिएस र ग्यालिलिओ लगायतका नवीन नेभिगेसन फिचरहरू पनि यस स्मार्टफोनमा उपलब्ध छन्।
एन्ड्रोइड १४ मा आधारित रियलमी सि ६३ मा रियलमी युआई समावेश रहेको छ। विभिन्न कस्टोमाईजेशन र प्राईभेसि अप्सनहरूका सुविधाको साथ प्रयोगकर्ताको अनुभवलाई फरक बनाउने कम्पनीले जनाएको छ।
रियलमी सि ६३को ४+६४ जिबी स्टोरेज भेरियन्ट १४ हजार ४९९ रूपैयाँमा उपलब्ध रहेको छ।