मोबाइल कम्पनी सामसङले दसैंलाई अझ रमाइलो बनाउन ‘दिनदिनै दसैं’ अफर ल्याएको छ।
यो अफर भदौ १६ देखि असोज १२ गतेसम्म मान्य हुनेछ। यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्, जसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउनेछ।
सहभागी हुन, ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको सिरियल नम्बर टाइप गरी सामसङ स्पेस सिरियल नम्बर लेखर ३५००१ मा एसएमएस पठाउनुपर्नेछ।
प्रत्येक दिन, एक भाग्यशाली विजेताले भाटभटेनी सपिङ भौचर १ लाख रुपैयाँ पाउनेछन् भने अन्य १० जना विजेताले दश हजारको रुपैयाँको सपिङ भौचर प्राप्त गर्नेछन्।
यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउनेछन्।
यी सपिङ भौचरहरूलाई दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बन्ने कम्पनीको विश्वास छ।
‘दिनदिनै दसैं’ मार्फत सामसङले हरेक चाडपर्वमा आफ्ना ग्राहकलाई अमूल्य अनुभव दिने प्रतिबद्धतालाई निरन्तरता दिएको सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए।
यो अफर सामसङका आधिकारिक विक्रेता र इकमर्श प्लेटफर्ममार्फत नेपालभर उपलब्ध छ।