इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले अन्तर्राष्ट्रिय नारी दिवस २०२५ को अवसरमा उधामी महिलाहरूको लागि ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट मा उधामी प्याकेज अफर सार्वजनिक गरेको छ।
यस अन्तर्गत उद्यमी प्याकेज ६० एमबिपिएस वार्षिक १७ हजार ९५० रूपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट ८ हजार ९७५ रूपैयाँमा, उद्यमी प्याकेज १२० एमबिपिएस वार्षिक ३४ हजार २२२ रूपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट १७ हजार १११ रूपैयाँ र उद्यमी प्याकेज २०० एमबिपिएस वार्षिक ४६ हजार १९५ को ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट २३ हजार ९७ रूपैयाँ रहेको छ।
उद्यमी महिलालाई लक्षित गरी उक्त अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ।
यस अफर प्राप्त गर्नको लागि कम्पनी महिलाको नाममा दर्ता भएको हुनु पर्नेछ।
उद्यमी प्याकेजमा पब्लिक आइपी, ५ गिगाहर्ज डुवल ब्याड राउटर र अनलिमिटेड एफयुपि पनि समावेश छ। यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पनि पाउनेछन् भने अफर मार्च १५ सम्म मान्य हुने बताइएको छ।