चिनियाँ बजारमा वानप्लस १३–टी सार्वजनिक हुने भएको छ।
कम्पनीले चिनियाँ वेबसाइट वेबोमा फोन सार्वजनिक गर्नेबारे जानकारी भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार वानप्लस १३–टी अप्रिलमै सार्वजनिक हुनेछ।
यो फोनको डिजाइन आइफोन–१६ को जस्तो हुनेछ। त्यस्तै यसमा आइफोनको जस्तै फिचर समावेश हुने बताइएको छ। यो फोनको साइडमा सर्टकट बटन हुनेछ।
यसको डिस्प्लेको आकार सानो हुनेछ। पर्फमेन्स पावरफुल हुने कम्पनीले जानकारी दिएको छ।
नेपाली बजारमा चिनियाँ मोबाइल ब्राण्ड वानप्लसले राम्रो बजार हिस्सा ओगटेको छ।