चिनियाँ मोबाइल ब्राण्ड ओपोले भारतीय बजारमा ओपो के–१३ फाइभजी सार्वजनिक गरेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार फोनको सुरूआती मूल्य १७ हजार ९ सय ९९ सय भारू छ।
प्रिमियम डिजाइन भएको यो फोनमा स्न्यापड्रागन ६ जडान गरिएको छ।
६.६७ इञ्चको एमोलोइड डिस्प्ले जडान गरिएको यो फोनमा उपभोक्ताले सात हजार एमएएच ब्याट्री क्षमता पाउनेछन्।
यसमा एआई फिचर्स सुविधा पनि छ। यो फोनमा ५० मेगापिक्सलको प्राइमरी क्यामरा र २ मेगापिक्सलको सेकेन्ड्री क्यामरा जडान गरिएको छ।
फोनको सुरक्षाको लागि फिंगर प्रिन्ट सुविधा दिएको छ।
यो फोन उपभोक्ताले ८ जिबी/१२८ जिबी र ८ जिबी/२५६ जिबी क्षमतामा पाउनेछन्।
फोनको मूल्य क्रमशः १७ हजार ९ सय ९९ र १९ हजार ९ सय ९९ सय भारू तोकिएको छ।
उपभोक्ताले यो फोन अप्रिल २५ देखि किन्न पाउनेछन्।