नेपाल नेटवर्क अपरेटर ग्रुप (एनपिनोग) ले इन्टरनेट एक्सचेन्ज नेपालसँग सहकार्य गर्दै एनपिनोग–११ कार्यशाला तथा सम्मेलन आयोजना गर्ने भएको छ।
कार्यक्रममा असार १–६ सम्म काठमाडौँको हायात सेन्ट्रिक होटलमा आयोजना गरिने भएको छ। यसअघि पोखरामा एनपीनोग–१० भएको भएको थियो।
कार्यक्रममा नेटवर्क इन्जिनियर, सिस्टम इन्जिनियर, सूचना प्रविधि विज्ञ, कन्सल्टेन्ट, सरकारी तथा गैरसरकारी प्राविधिकहरू र सूचना प्रविधि तथा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको सहभगिता रहनेछ।
कार्यक्रममार्फत नेपालमा आधुनिक डिजिटल पूर्वाधार विकास र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने आयोजकहरूको विश्वास छ।
कार्यकाल असार १–४ गतेसम्म हुनेछ। यस्तै ट्युटोरियल असार ५ मा हुनेछ। यस्तै सम्मेलन असार ६ हुने भएको छ। नेपाली सहभागीलाई सम्पूर्ण कार्यक्रममा सहभागी हुन दर्ता शूल्क २० हजार लाग्नेछ।
कार्यशालमा मत्र सहभागी हुनेलाई १७ हजार लाग्नेछ। ट्युटोरियल मात्र सहभागी हुनेले ३ हजार तिर्न पर्नेछ। सम्मेलनमा मात्र सहभागी हुनेले ५ हजार रुपैयाँ दर्ता शूल्य लाग्नेछ।
अन्तर्राष्ट्रिय सहभागीलाई सम्पूर्ण सहभागीलाई २ सय डलर तिर्नु पर्नेछ। महिला सहभागीका लागि सोही मितिसम्म २० प्रतिशत छुटको व्यवस्था गरिएको छ।