इनफिनिक्सले नयाँ फाइभजी स्मार्टफोन नोट ५०एक्स नेपाली बजारमा सार्वजनिक गरेको छ।
यो फोनमा मेडियाटेक डाइमेन्सिटी ७३०० अल्टिमेट प्रोसेसर, ४५ वाटको छिटो चार्ज र आइपी ६४ स्तरीकरणजस्ता विशेषता छन्।
फोनमा ६.६७ इन्चको १२० हर्ज ताजगी दर भएको एलसिडी पर्दा ५० मेगापिक्सेलको पछिल्लो क्यामरा (४के भिडिओ समर्थन), ८ मेगापिक्सेलको अगाडिको क्यामेरा, ६ जिबी र्याम र १२८ जिबी भण्डारण क्षमता र ५२०० मिलिअम्पियर घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ।
साथै, एनएफसी सुविधा र इन्फ्रारेड ब्लास्टरजस्ता आधुनिक प्रविधिहरू पनि समावेश रहेको बताइएको छ।
एन्ड्रोइड १५ मा आधारित एक्सओएस १५ सञ्चालन प्रणालीमा चल्ने यो नोट ५०एक्स, टाइटानियम ग्रे लगायतका रंगहरूमा उपलब्ध छ।
यो फोनको मूल्य नेपाली बजारमा २१ हजार ९९९ रूपैयाँ तोकिएको छ।